Posts

TIMI ROYEKO PAL - तिमी रोएको पल ||Sugam Pokhrel & Anju Pant | Cover By M...

Image
तपाईंको सुझाब र प्रतिकृया तल लेखिदिनु होला । (Please Comment  / Share / Subscribe the Chanel) ================================== तिमी रोएको पल तिमीलाई हसाउन नसकुला तर तिमी संगै म रोइदिन सक्छु मृत्‍यु को कुनै पल तिमीलाई बचाउन नसकुला तर तिमी संगै म मरी दिन सक्छु =================================================

Jati Chot Dinchhau - जती चोट दिन्छौ || Bhakta Raj Acharya | Cover by Mad...

Image

Maya garne ko chokho maya | Ram Krishna Dhakal | Cover by Madhav Pandey |

Image

अल बिदा शिव रेग्मी(फोटो फिचरसहित)

Image
२४ मंसिर, काठमाण्डौ । वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन भएको छ । दुवै मिर्गौलाले काम नगरेपछि बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराइरहेका रेग्मीको सोमवार विहान निधन भएको हो । करिब पौने ६ बजे निधन भएका निर्देशक शिव रेग्मीको पार्थिव शरीरलाई चितवन लगिएको छ । उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर उनकै गृहजिल्ला चितवन लगिएको हो । बयोधा अस्पतालमा केही दिन देखि उनको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।  चलचित्र आफन्तबाट नेपाली सिने नगरीमा निर्देशकको रुपमा प्रवेश गरेका रेग्मीले बनाएका अधिकांश चलचित्रले सुपरहिटको व्यापार गरेका छन् । नेपाली चलचित्र उद्योगलाई रेग्मीले सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रोलगायतका चलचित्रको निर्देशन गरेका थिए ।  उनले बनाएको दुई चलचित्र मनले मनलाई छुन्छ र पराई प्रदर्शनका लागि तयार भएका छन् । शिव रेग्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्रकर्मीहरुको बाक्लो  भिड बयोधा अस्पतालमा लागेको थियो । वि.सं २०२१ सालमा चितवनमा जन्मिएका रेग्मीले नाटकबाट आफ्नो कला यात्राक

राई इज किङको यात्रा : राजेश पायल राई

Image
राई इज किङको यात्रा : राजेश पायल राई साप्ताहिकको प्रस्तुतिमा पछिल्लो समयमा गीतिसंग्रह 'राई इज किङ' श्रोतामाझ ल्याएका गायक राजेश पायल राई यतिखेर सांगीतिक यात्रामा व्यस्त छन् । आधुनिक गायनमा मात्र होइन, पाश्र्वगायनमा समेत नम्बर एक गायकको स्थान बनाउन सफल गायक राईले यो गीतिसंग्रहलाई जीवनकै महत्त्वपूर्ण गीतिसंग्रह बताएका छन् । साप्ताहिकको प्रस्तुतिमै गत वर्ष दर्शन नमस्ते गीतिसंग्रह ल्याएका गायक राईले त्यसबेला साप्ताहिकले जुराइदिएको नाम 'राई इज किङ' उपनामलाई नै आधार बनाएर यो गीतिसंग्रह तयार पारेका हुन् । गायक राईले डेढ दशक लामो गायन यात्राका क्रममा लाखौं नेपाली श्रोताको मन जितेका छन् । 'फैलियो माया दूबोसरि' लोकप्रिय भएपछि राजेशले ०५२ सालमा पहिलो गीतिसंग्रह 'मुच्र्छना' सार्वजनिक गरेका थिए, जसमा फैलियो माया दूबोसरिका अतिरिक्त नमाग मसँग सहारा नमाग तथा बलेसीमा पानी तप्कियो गीत श्रोताको मुखमा झुन्डिएको थियो । उक्त गीतिसंग्रहलाई श्रोताहरूले रुचाइदिएपछि राजेशले गायन करियरमा पछाडि फर्केर हेर्नुपरेन । 'त्यो संग्रहका गीत सुन्नेहरू अहिलेसम्म पनि राजेश पायल राईल

युवक र यौन : ओशो

Image
युवक र यौन : ओशो जब यौनको कुरा आउँछ, मलाई समाजको दोहोरो चरित्रको सम्झना हुन्छ । साँचो अर्थमा भन्नुपर्दा हाम्रो समाज पाखण्डीहरूको समाज हो । हामी भन्छौ, यौन भनेको छाडा हो । यसको कुरा गर्नुहुँदैन । आमा आफ्नी छोरीका अघि यौनका कुरा गर्न सक्दिन, कारण हामीलाई भनिएको छ, यौन घोर अपराधिक कुरा हो । बुबा छोराका अघि यौनको कुरा गर्न सक्दैन । भनिएको छ, यो पाप हो । जसले कुरा गर्छ, त्यो अशीष्ट हो, लाज पचेको हो । तर बाहिर कुरा नगरेर के भो ? मानिसले आफैंलाई कसरी दबाउन सक्छ ? व्यक्ति आफै यौनका कुरा सोचिरहेको हुन्छ । म भन्छु, यौन त्यति महत्त्वपूर्ण होइन, जति कुरा गर्नुहुँदैन भनेर यसलाई महत्त्व दिइएको छ । यदि तपाईं कलेज पढ्नुहुन्छ र कुनै एउटा ढो कामा तपाईंले लेखिदिनुभयो, 'यहाँ चियाउन मनाही छ' सबै त्यहीँ चियाउन थाल्छन् । कक्षामा जतिसुकै राम्रो कुरा पढाइएको किन नहोस्, त्यो यहाँ चियाउनु हुँदैन लेखिएको कोठामा सबैको ध्यान जान्छ । यहाँ युवक र युवतीमा के फरक हुन्छ ? युवकहरू अलि बढी जोड दिएर चियाउँछन्, युवतीहरू थाहा नपाएझैं कर्के आँखा लगाउँछन् । दुवैमा उस्तै जिज्ञासा छ, आखिर ढोकामा किन लेखियो ? किन चिया

फत्तेमान राजभण्डारी

Image
फत्तेमान राजभण्डारी अनी संगीत फत्तेमान राजभण्डारीको जन्म १९९३ साल मङ्सिर पूणिर्माको दिनमा पशुपति , देवपत्तनमा भएको हो । पिता जीतमान राजभण्डारी र आमा पूर्णमाया भण्डारीका तेस्रो सन्तान को रुप मा गायक को जन्म भएको हो । फत्तेमान को बुबा अमालकोट कचहरी - पशुपतिनाथको जग्गाजमिन रेखदेख गर्ने र पर्व चलाउने कार्यालय ) को हाकिम द्वारे हुनुहुन्थ्यो । पशुपतिनाथका राजभण्डारीले पशुपतिनाथमा भण्डारेको रूपमा रहेर काम गर्नुपर्छ । यसरी भण्डारेको रूपमा काम गर्ने राजभण्डारीहरू चार खलक छन् । यी चार खलकमध्ये उहाको परिवार पनि एक हो । पशुपतिको भण्डारे भएका नाताले उहाँको परिवारमा व्रतबन्ध गर्दा व्रतबन्ध गर्नुअघि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गर्नुपर्ने चलन थियो । सोही चलनअनुसार नौ वर्षको उमेरमा उहाँको पनि व्रतबन्ध गर्नका लागि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गरियो । राजाबाट व्रतबन्ध गर्नका लागि हुकुम भएपछि उहाँलाई चार दिन पशुपतिको भण्डारमा लगेर राखियो । भण्डारभित्र बसेपछि